जनता टाइम्स

३० बैशाख २०७९, शुक्रबार २२:४४

काठमाडौं जिल्लामा ६९. ७८ प्रतिशत मतदान : मतपेटिका गणनास्थलमा ल्याइँदै


काठमाडौँ, बैशाख ३० । काठमाडौं जिल्लामा ६९।७८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका काठमाडौं महानगरपालिकामा भने ६४ प्रतिशतमात्रै मत खसेको छ । काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् ।मुख्य निर्वाचन अधिकृतका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै बडाका मतपेटिका मतगणनास्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा पुर्‍याएका छन् ।

सर्वदलीय बैठकमा सहमति भए आयोग मतगणनाका लागि तयारी अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सहमति भए आजै रातिबाट मतगणना सुरु गर्ने गरी तयारी छ,काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताउनुभयो । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् ।