जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २१:४३

उदयपुरको रौतामाई १ मा एमालेको प्यानलै विजयी


उदयपुर, बैशाख ३१ । उदयपुरको रौतामाई गाउँपालिका वडा १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा १ मा एमालेका वडाध्यक्ष उम्मेदवार रुद्रबहादुर कार्कीसहितको प्यानल विजयी भएको हो ।

कार्कीले निकटतम प्रतिष्पर्धीलाई १३६ को मतान्तरमा ४२६ मत प्राप्तगरी विजय हाँसिल गर्नुभएको छ । वडाको खुल्ला सदस्यहरुमा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ विजयी हुनुभएको छ ।

महिला सदस्यमा ज्ञानकुमारी मगर विजयी बनेका छन् भने यसअघि दलित महिला सदस्यमा फुलमाया विश्वकर्मा दियाली विजयी भइसक्नु भएको छ ।