जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०९:५२

स्थानीय तह निर्वाचन परिणाम : कांग्रेस भन्दा एमाले अगाडि, कुन पालिकामा कस्ले जित्यो ? (सूचीसहित)


काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचन अन्तर्गत अहिलेसम्म प्राप्त गरिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमै रहन सफल भएको छ । हालसम्म १९ स्थानीय तहको मत गणना सकिँदा एमालेले ८ पालिकामा बिजयी बन्दै पहिलो स्थानमा रहेको हो । यस्तै गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस ७ स्थानीय तहमा बिजयी बन्दै दोस्रो स्थानमा रहेको छ ।

यसैगरी दुई पालिका प्रमुख जितेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तेस्रो स्थानमा रहेका छन । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध बनेको थियो । चुनावबाट भने सो पार्टीले हालसम्म कुनै पालिकामा जीत निकाल्न सकेको छैन ।

यी हुन चुनावी परिणाम आएको पालिका

नेकपा एमाले 

१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

८. साइपाल गाउँपालिका, बजाङ

नेपाली कांग्रेस

१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला

नेकपा एकीकृत समाजवादी

१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा

माओवादी केन्द्र

१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख