जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १२:००

नवलपुरको बौंदीकालीमा ४ वटा वडासहित प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी (सूचीसहित)


नवलपुर, जेठ १ । नवलपुरको बौंदीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गाउँपालिका प्रमुख पदमा नेकपा एमालेका प्रकाश ओझा र उपप्रमुखमा डिलकुमारी सारु विजयी हुनुभएको हो ।

ओझाले ३९७६ मत ल्याएर बिजयी हुनुभएको छ भने उपप्रमुखमा सारुले ३९६२ मत प्राप्त गरी विजयी हुनुभयो । ओझाले नेपाली कांग्रेसका उम्मेदवार केबी रानालाई ४३५ मतको अन्तरले पराजित गर्नुभएको हो । यसैगरी सारु कांग्रेस उम्मेदवार धनकान्ती घिमिरेलाई ४५६ मतले पराजित गर्दै उपप्रमुख बन्न सफल हुनुभएको छ ।

बौंदीकालीका ६ वटा वडामध्ये ४ वटामा नेकपा एमालेको प्यानल विजयी भएको छ भने २ वटामा नेपाली कांग्रेसले जित हात पारेको छ । मतगणनाअनुसार अहिले वडा नं १ मिथुकरममा नेकपा एमालेका अनिल थापा विजयी हुनुभएको छ । यस्ते वडा नं २ डेढगाउँमा श्याम श्रेष्ठ, वडा नं ३ रकुवामा तेजबहादुर झेंडी विजयी हुनुभएको छ । त्यस्तै वडा नं ५ मा खिमबहादुर खरुको प्यानल नै विजयी भएका छन् ।

त्यस्तै वडा नं ४ र ६ मा नेपाली कांग्रेसका क्रमशः मनबहादुर सारु र खुमबहादुर सारुको प्यानल नै विजयी भएको छ । पालिका प्रमुखमा उम्मेदवारी दिएका माओवादी केन्द्रका टंक पुलामीले भने १५ मत मात्रै पाउनु भएको छ । प्रमुखमै स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण पराजुलीले शुन्य मत प्राप्त गरेका छन ।