जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १५:३०

२७ ओटा पालिकाको परिणाम आउँदा एमाले पहिलो, कुन दलले कहाँ जित्यो ? (सूचीसहित)


काठमाडौं, जेठ १ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २७ पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म १२ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा रहेको छ भने नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाउन सकेको छैन । अन्य दल पनि सदस्य र वडाअध्यक्षमै सिमित भएका छन ।

अहिलेसम्म कहाँ कसले जिते ? हेर्नुस् सूची

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका- मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु

८. साइपाल गाउँपालिका-बझाङ

९. नवलपुरको बौदीकाली -नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका- बझाङ

११. थासाङ गाउँपालिका- मुस्ताङ
१२. मालिका गाउँपालिका- म्याग्दी

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका-मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

९. तमानखोला गाउँपालिकामा, बागलुङ

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

४. अपिहिमाल गाउँपालिका, दार्चुला

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा