जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार १७:४४

स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा एमाले उम्मेदवार बिजयी, कुन वडामा कस्ले जिते ? (सूचीसहित)


स्याङ्जा, जेठ १ । स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर दोस्रोपटक विजयी हुनुभएको छ । ५ वर्ष गाउँपालिकाको नेतृत्व सम्हाल्नुभएका मानन्धरले यसपटक पनि प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतको अन्तरले पराजित गर्दै पुनः नेतृत्व सम्हाल्नु भएको हो ।

निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी हुनुभएको छ । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गर्नुभएको छ भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गर्नुभएको छ ।

हरिनास गाउँपालिकाका ७ वटा वडामध्ये १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा कांग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमालेकै सन्तबहादुर थापा, ५ मा कांग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी हुनुभएको छ ।