जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार २२:३५

दैलेखको गुराँसमा एमाले विजयी


सुर्खेत, १ जेठ । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेबाट टोप बहादुर बिसी विजयी हुनुभएको छ। उहाँले ४१२० मत प्राप्त गर्नुएको छ । उहाका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज वलीले ३३७५ मत प्राप्त गर्नुभएको । नेकपा माओवादीका कृष्ण पाण्डेले ७६ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शिवा कुमारी खड्काले ४१२५ मत पाउनुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपा बिसीले ३५४७ मत प्राप्त गर्दा माओवादीका कुसुम शाहीले ९३ मत प्राप्त गर्नुभयो । २०७४ को निर्वाचनमा यो पालिकामा नेपाली काँगेस विजयी भएको थियो ।