जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०७:३१

गठबन्धनलाई हराउँदै एमालेका न्यौपानेले जिते अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष


काठमाडौं, जेठ २ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका टेकराज न्यौपाने विजयी हुनुभएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका अच्युत गौतमलाई हराउनुभयो ।
गठबन्धनका उम्मेदवारलाई ७ सय २१ मतान्तरले न्यौपानेले पराजित गर्नुभएको को न्यौपानेले ७७४९ मत ल्याए भने गौतमले ७०२८ मत पाउनुभयो।

उपाध्यक्षमा एमालेकी नर्मदा गौतम (पौडेल० ले कांग्रेसकी लक्ष्मी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गर्नुभएको हो । पौडेलले ७६६१ र गौतमले ७०३८ मत पाउनुभयो ।