तेह्रथुम, जेठ २ । जिल्लामा निकै चर्चित बनेका एक नेताको पार्टी बिभाजन गर्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालतिर लाग्दा हरिबिजोग भएको छ । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्षको यस्तो अवस्था आएको छ । एमाले छाडेर माधव नेपालतिर लाग्नुभएका आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू वडा सदस्यमै पराजित हुनुपरेको हो ।
लिम्बु २०७४ सालको स्थानीय तह निर्वाचनमा ३ हजार ८७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । तर यसपटक एमालेकै उम्मेदवारसँग वडा सदस्यमै पराजित हुनुभएको हो । गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिई जिल्ला समन्वय समितिको नेतृत्व लिनेगरी ७ नम्बर वडाको खुल्ला सदस्यमा लिम्बिु उम्मेदवार बन्नुभएको थियो ।
नेकपा एकीकृत समाजवादीका नेता लिम्बु ३३९ मत प्राप्त गरेर एमाले उम्मेदवारसँग पराजित हुनुपर्यो । वडा सदस्यमा एमालेका हरिप्रसाद पराजुली ५८३ र कुमार कन्दङ्वा ५७१ मत प्राप्त गरी विजयी बन्नुभएको छ । नेकपा एमालेका जिल्ला सचिव रहिसक्नु भएका लिम्बु एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएको थियो । बिभाजनतिर लागेपछि जनताले नै उहाँलाई सजाय दिएर राजनीतिक भविश्य सकिएको सन्देश दिएका छन ।













प्रतिक्रिया दिनुहोस्