जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ०९:१३

कांग्रेसको किल्ला झापाको बाह्रदशीमा एमालेको सानदार जीत, अध्यक्ष-उपाध्यक्ष दुवै विजयी


बिर्तामोड, जेठ ४ । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित हुनुभएको हो ।

एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं।६ मा प्यानलै जितेको छ । १,२,३, ७ कांग्रेस, ४ स्वतन्त्र र ५ नंम्बर वडा राप्रपाले जितेको छ । एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस रहेको थियो ।

यसअघि बाह्रदशीमा अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।