काठमाडौं, जेठ ४ । मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेकपा एमालेका भूपेन्द्रकुमार लावती निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पछि पार्दै मेयरमा बाजी मार्नुभएको हो ।
लावती मेयरमा निर्वाचित भए पनि अन्तिम मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ।निर्वाचन अधिकृतले सबै वडाहरूको मत संकलन गर्ने कार्य भइरहेकाले अबको एक घण्टामा अन्तिम नतिजा सार्वजनिक गरिने बताउनुभयो । अनौपचारिक घोषणा भए पनि मत संकलन गर्न केही समय लाग्ने भएकोले मत सार्वजनिक गर्न ढिलो हुने उहाँले बताउनुभयो ।
उपाध्यक्षमा पनि एमालेकै कृष्णकुमारी पोखरेल विजयी हुनुभएको छ। उहाँले माओवादीका कृष्णप्रसाद लम्साललाई पछि पार्नुभएको हो ।अघिल्लो निर्वाचनमा लेटाङको मेयरमा कांग्रेसका बालकुमार शंकर राई विजयी हुनुभएको छ । उहाँले यसपालि एमालेबाट निर्वाचित लावतीलाई नै हराउनुभएको थियो। तर यसपालि कांग्रेसले माओवादीसँग गठबन्धन गर्दा पनि मेयरमा पराजित भएको छ।













प्रतिक्रिया दिनुहोस्