जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार २३:२९

रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर निर्वाचित


नवलपरासी, ४ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्‍याउनुभएको थियो भने उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो ।

निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ३८ मत अन्तरले पराजित हुनुभएको हो । गुप्ताले ६१ सय ९१ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७७ सय २९ मत ल्याएर विजयी हुनुभएको छ। उपमेयरमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको छ । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मत अत्तरले पराजित गर्दै उपमेयरमा विजयी हुनुभएको हो । निर्वाचित चौधरीको ६४ सय ७१ र क्षेत्रीको ६३ सय ८६ मत छ । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३ सय ४१ मत ल्याएर तेस्रो हुनुभएको ।