जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार ०८:१७

रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी


रामेछाप, जेठ ६ । स्थानीय तह निर्वाचनमा रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज थोकर (तमाङ)लाई पराजित गर्दै एमालेका ज्ञानकुमार श्रेष्ठ विजयी हुनभएको हो । श्रेष्ठले ७ हजार ३५९ मत ल्याउनुएको छ भने थोकरले ४ हजार ९०९ मत पाउनुभयो ।

यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मानबहादुर लामालाई पराजित गर्दै एमालेकी रमा घिसिङ निर्वाचित हुनुभएको छ। घिसिङले ७ हजार ४५८ मत प्राप्त गर्दा लामाले ४ हजार १११ मत प्राप्त गर्नुभयो । यहँ ७ वडाध्यक्षमा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले १–१ वडा जितेका छन्।