जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १९:४५

झापाको अर्जुनधारामा एमालेका बलदेव र खड्गमाया विजयी


झापा, जेठ ७ ।  झापाको अर्जुनधारा नगरपालिकामा एमालेका मेयर-उपमेयर नै विजयी भएका छन् । मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी हुनुभएको छ ।

गोम्देनले काँग्रेसका रञ्जिता कार्की र पराजुलीले काँग्रेसकै दिपेश योञ्जनलाई पराजित गर्नुभएको हो ।