जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार १५:५०

कास्की जिससमा एमालेको प्यानलै बिजयी, प्रमुखमा पौडेल


पोखरा, २० जेठ । जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित हुनुभएको छ । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेद्वार बनाएको थियो । उहाँले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याउनुभयो ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी हुनुभएको छ । उहाँले गठबन्धनकी उषा थापालाई हराउनुभएको हो । ढकाल कांग्रेस र थापा माओवादीबाट उम्मेद्वार हुनुहुन्थ्यो । ५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो ।

कांग्रेसले २ पालिकाको अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको हो । सदस्यहरुमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।