काठमाडौं, जेठ २० । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको चुत्था नोकरको संज्ञा दिनुभएको छ । थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई यस्तो भन्नुभएको हो ।
स्थानीय तहको निर्वाचनलगत्तै प्रचण्ड र माधवले एमालेबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको भन्दै सार्वजनिक अभिब्यक्ति दिनुभएको थियो । एमाले नेताहरुले दुवै नेतालाई यस्तो अफर संभवबाहिरको कुरा बताए पनि दुवैले दोहोर्याएर प्रधानमन्त्रीको अफर आएको बताउँदै आउनु भएको छ । यही बिषयमा आफ्नो धारणा राख्दै थापाले पूर्वप्रधानमन्त्रीदव्य प्रचण्ड र माधवलाई प्रधानमन्त्री देउवाको चुत्था नोकर भन्नुभएको छ ।

‘प्रचण्ड र मा.कु नेपाललाई प्रधानमन्त्रीको अफर, त्यो पनि एमालेबाट ? यो निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही होइन । अध्यक्ष केपी शर्मा ओलीले यस्तो अफर गर्ने सपना पनि तिनै दुई जनाले निन्द्रामा मात्रै देखेका हुनसक्छन, समकालीन नेपाली राजनीतिमा यो संभव छैन । स्वर्ग जाने भन्दै नर्कको टिकट कोटेका देउवाका चुत्था नोकरहरुलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन,’ थापाले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्