काठमाडौं, जेठ २८ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले गठबन्धनका कारण स्थानीय तह चुनावमा आफूहरुलाई घाटा भएको बताउनुभएको छ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता खनालले गठबन्धनले आफूहरुलाई सम्मान नगरेको र तर अपमान भने धेरै गरेको बताउनुभयो । गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेका कारण पार्टीलाई धेरै फाइदा नभएको उहाँले बताउनुभयो ।
एक्लै चुनाव लडेका स्थानीय तहमा पार्टीले राम्रो जित हात पारेको नेता खनालले बताउनुभयो । काठमाडौंका ३२ वडामध्ये १५ वडामा तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता पनि प्राप्त भएको उहाँको भनाई थियो । खनालले काठमाडौंको १५ नम्बर वड लाल वडा भएको र नयाँ नेतृत्वलाई सफल बनाउनका लागि पार्टीको पूर्ण सहयोग रहने बताउनु भयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले काठमाडौंको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नयाँ नगरपिताको काम हेर्ने भन्दै उहाँले बालेन्द्र शाह (बालेन) पार्टीको नभएर एक व्यक्ति भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्