जनता टाइम्स

७ असार २०७९, मंगलवार १४:३१

प्रेम आलेको आतंकले सीमा नाघ्यो : बुधवारदेखि निजी क्षेत्रका सबै उडान बन्द (निर्णयसहित)


काठमाडौं, असार ७ । वायुसेवा सञ्चालक संघले भोलि बुधवारदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो ।संघले बिमान सञ्चालनका लागि ५ बुँदे मागसमेत अघि सारेको छ ।