काठमाडौं, ७ असार । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गरेका छन् । उहाँले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताउनुभयो । सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उहाँको भनाइ छ ।
खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उहाँले बताउनुभयो ।इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उल्लेख गर्नुभयो । बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्