जनता टाइम्स

१६ असार २०७९, बिहीबार ०९:०९

राजीनामा स्वीकृत भइसकेपछि विमला भन्छिन-राजीनामा दिएकै छैन


बुटवल, असार १६ । लुम्बिनी प्रदेशकी बिवादास्पद स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा नदिएको बताउनु भएको छ । प्रदेश सरकारले वलीकोराजीनामा स्वीकृत भएको जानकारी दिएस्केपछि वलीले भने अझै राजीनामा दिइ नसकेको बताउनु भएको हो ।

प्रेमी भनिने ब्यक्तिको घरभित्र प्रवेश गरी मेरो पोइ खोई ? भन्दै पत्नी र नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो । सोही कारण मुख्यमन्त्री कुलप्रसाद कसीले राजीनामा स्वीकृत भएको जानकारी गराउनु भएको हो । ‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार विमलाको राजीनामाबारे संसदमा जानकारी दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले भन्नुभएको थियो ।

उहाँले राजीनामा स्वीकृत भएको जनाउनु भएपछि वलीले राजीनामा नदिएको बताउनु भयो । विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न चुनौती दिनुभएको छ ।