काठमाडौं, असार १८ । सुन्दर हिमाली जिल्ला दोलखालाई थप चिनाउन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा फोटो प्रदर्शनी सुरु भएको छ । दोलखा मिडियाले आयोजना गरेको प्रर्दशनीमा दोलखाका पर्यटकीय, ऐतिहासिक स्थल, जातजातिको संस्कार, संस्कृतिलाई तस्बिरमा देखाइएको छ ।





मेलामा जिल्लाका १ सय तस्बिर राखिएको दोलखा मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो । आइतबारसम्म चल्ने तस्बिर मेलाले काठमाडौंबाट १३३ किलोमिटर दुरीमा रहेको दोलखाको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक जानकारी लिन सकिने छ ।
‘मेलाबाट राजधानी काठमाडौं हुँदै अन्तर्राष्ट्रिय जगत्मा समेत प्रचार भई दोलखामा पर्यटकको संख्या बढ्ने उद्देश्य राखिएको छ,’ मानन्धरले भन्नुभयो, ‘मेलामा राखिएको तस्बिरबाट हिमाल‚ पहाड र तराईको हावापानी र प्राकृतिक वातारणको अनुभूति हुन्छ । दोलखा उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने लाखौं शब्दहरूको व्याख्या प्रदर्शनमा राखिएको तस्बिरले गरिएका छन् ।’

फ्रिज बर्गर (स्विस फोटोग्राफर) र नेपाली फोटो पत्रकार चन्द्र शेखर कार्की, केशव थोकर, ज्ञानेन्द्र कार्की, लक्ष्मीप्रसाद ङाखुसी, रेखा शाक्य, जीवन लामा, केदार शिवाकोटी, निकेश श्रेष्ठ, प्रह्लाद आचार्य, सुशील श्रेष्ठ, मन्जीवलाल कायस्थ, निमेष कायस्थ, किरण श्रेष्ठ, हिमाल थामी, सवीन बुढाथोकी, सकिला कार्की, त्रिलोचन प्रधानले खिचेको तस्बिर प्रर्दशनमा राखिएको छ ।
मेलामा सन् १९१० को दशकमा खिचिएको तस्बिर पनि राखिएको छ । स्विस पत्रकार बर्गरले दोलखालाई नियालिरहेको तस्बिर पनि प्रदर्शनीमा हेर्न सकिन्छ । बर्गरले हरेक १० वर्षमा एकै स्थानबाट फोटो चिनेर पछिल्लो पटक देखिएको परिवर्तनलाई तस्बिरमा उतार्नुभएको छ । उचाईमा रहेको च्छोरोल्पा ताल, रोल्वालिङ, देउढुङगा, शैलुङ, कालिञ्चोकको मनोरम दृश्य पनि मेलामा राखिएको तस्बिरमा देखाइएको छ ।













प्रतिक्रिया दिनुहोस्