जनता टाइम्स

२२ असार २०७९, बुधबार १८:३३

अर्थका उच्च अधिकारीलाई जनार्दनको उर्दी : राजीनामा दिए पनि मै हो मन्त्री, बिनाअनुमति केही नगर्नू


काठमाडौं, असार २२ । राती बिचौलिया बोलाएर करको दायरा हेरफेर गरी मुलुकलाई ठूलो नोक्सानी पुर्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिन बाध्य जनार्दन शर्माले मन्त्रालयका उच्च अधिकारीलाई भने आफ्नो आदेशअनुसार मात्रै काम गर्न यर्दी दिनुभएको पाइएको छ ।

एमालेको बटमलाइनका कारण संसद बैठकमा सबेधन गर्दै राजीनामा दिएर बाहिरिनु भएपछि शर्माले अर्थ मन्त्रालयका उच्च अधिकारीलाई यस्तो उर्दी जारी गर्नुभएको हो । अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शर्माले मन्त्रालयमा रहेका आफ्नो सचिवालयका मान्छेले आफ्नो तर्फबाट अनुगमन गर्ने र भनेअनुसार काम नभएमा ठेगान लगाइ दिने धम्की दिनुभएको छ ।

राष्ट्रिय ढुकुटीमाथि लुटमार गरेको र अपराध छोप्न सिसीटीभी फुटेज मेटाएको पाइएपछि आजै संसदीय बिशेष छानविन समिति गठन भइसकेको छ । समितिलाई १० दिनको समय तोकिएको छ । सोही समयसीमा तोकिएको भन्दै शर्माले बजेट बनाउने दिनको मध्यराती मन्त्रालयमा आएका ब्यक्तिहरुको बिषयमा मन्त्रालयमा रहेको कुनै पनि ब्यक्तिले सत्य बताए परिणाम गम्भीर हुने धम्की पनि दिनुभएको हो ।

‘सवै कुरा मिलाइसकिएको छ, राजीनामा दिए पनि मै नै हो मन्त्री, मलाई सोधेर मात्रै काम गर्नू, अन्यथा ठीक हुन्न,’ शर्माको उर्दी उधृत गर्दै अर्का सहसचिवले भने । शर्माले आफ्नो पद जोगाउन जे पनि गर्ने भएपछि अर्थसचिव मधु मरासिनी बिदामा बस्नुभएको थियो भने सहसचिवहरु पनि कायम मुकायम सचिवको जिम्मेवारी पाउने त्रासमा मन्त्रालयबाट भागाभाग गरी बाहिरन बाध्य हुनुपरेको थियो ।