जनता टाइम्स

२५ असार २०७९, शनिबार १२:२९

३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)


काठमाडौं, असार २५ । गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहनुभएको छ ।यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की हुनुहुन्छ भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी हुनुहुन्छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा हुनुहुन्छ। उहाँ १८औं नम्बरमा सिफारिसमा पर्नुभएको छ । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन् ।