जनता टाइम्स

२५ असार २०७९, शनिबार १८:१८

आफ्नै कारण एकाएक बिवादमा तानिए मेयर बालेन


काठमाडौं, असार २५ । काठमाडौं महानगरपालिकाको मेयरमा भारी मतले बिजयी बन्नुभएका बालेन्द्र साह (बालेन) दुई घटनाले एकाएक बिवादमा तानिनु भएको छ । एक सार्वजनिक कार्यक्रममा देखाएको केही सेकेन्डको असहज ब्यवहार र बेलायतमा आत्महत्या गरेको र्यापर यमबुद्धको शालिक बनाउने निर्णयले मेयर साह बिवादमा तानिनुभएको हो ।

काठमाडौं महानगरपालिकाले यमबुद्धको शालिक बनाउन १५ लाख रुपैयाँ बजेट नै छुट्टयाएपछि उहाँका समर्थन गर्नेहरु समेत बिरोधमा उत्रिएका छन । जस्को कारण बालेनले म मेरो तलवबाट यमबुद्धको शालिक बनाउँछु भन्दै प्रष्टिकरण दिनुपरेको छ । यस प्रष्टिकरणले पनि चित्त बुझेको छैन । अधिकांशले आफ्नै खर्चमा बनाउने भए पनि आफ्नै जग्गामा बनाउनु भन्दै बिरोध भइरहेको छ ।

यतिबेला सामाजिक सञ्जालमा बालेनबिरुद्ध बिरोधका आवाजहरु बढी उठन थालेका छन । यस्तै अर्काे एउटा रियालिटी शो कार्यक्रममा प्रस्तुत गरेको ब्यवहार पनि बालेनलाई बिवादमा तान्ने कामलाई मलजल गरेको देखिन्छ । बालेनको केही सेकेन्डको भिडियो एकाएक टिकटकमा भाइरल बनेको छ । उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन ।

र्याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फिनालेमा प्रमुख अतिथीका रुपमा उपस्थित साहको प्रस्तुतीमाथि यस्तो बिवाद भएको हो । साह उक्त रियालिटी शोका एक निर्णायक समेत हुनुहुन्थ्यो । फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो । उहाँको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले साह त्यसबेला रक्सीले मातेको अनुमान धेरैले गरेका छन ।

सो कार्यक्रममा साह आफ्नो स्वभावबिपरित केही अस्थिर र चञ्चल देखिनु भएको थियो । एक पटक सञ्चालकले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक गएर माइक तान्न खोज्नुभएको थियो । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिनु भएको थियो । साथै, साह जोसँग पनि आलिंगन र कानेखुसी गरिरहेका देखिएको थियो ।

बालेनको प्रस्तुतिमाथि विभिन्न टीकाटिप्पणी भएका छन् । कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए । यस्तै फोहोरको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारलाई खिचेको भिडियो मेटाउन लगाएर बालेन बिवादमा आउनु भएको छ । काठमाडौं महानगरपालिकाको मेयरको रुपमा काम सम्हालेको एक महिना पुग्दा नै बालेन तीन बिवादमा तानिनु भएको हो ।