काठमाडौं, असार २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सोमबार राती आफ्नो फेसबुक स्टाटस पोष्ट गरेलगत्तै हटाउनु भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर साहले आफ्नो अन भेरिफाइड फेसबुक पेजमा पोष्ट भएको आक्रामक स्टाटस काम गर्न देउ भन्दै लेख्नुभएको थियो तर उहाँले केही बेरमै हटाउनु भएको छ ।
बालेन भन्ने पेजमा उहाँले लेख्नुभएको थियो, ‘काम गर्न देउ, डिस्टर्ब नगर।’ बालेनका बालेन नामका भेरिफाइड र अनभेरिफाइड दुई वटा फेसबुक पेज रहेका छन्। बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो।
बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले पछिल्लो समय विवादमा तानिनु भएको छ । स्टाटसमा आक्रामक कमेन्ट आएपछि तत्कालै हटाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्