जनता टाइम्स

२९ असार २०७९, बुधबार १६:५६

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लिउको भेटबार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, २९ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । लिउ प्रतिनिधि मण्डलका सदस्यहरुसहित बुधबार राष्ट्रपति भट्न शीतलनिवास पुग्नुभएको थियो ।

भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस क्रममा राष्ट्रपति भण्डारीले चीन नेपालको असल मित्र र छिमेकी भन्दै नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

चार दिने भ्रमणका सिलसिलामा आइतबार नेपाल आउनुभएका लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट् गनुभएको थियो । लिउ भ्रमण पूरा गरी आजै बेइजिङ फर्कने कार्यक्रम छ ।