काठमाडौं, असार २९ । सर्वोच्च अदालतले १ सय ३३ जना कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठकले नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम १ सय ३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।




लामो समयदेखि वरिष्ठ उपाधि रोकिएको थियो। जसका कारण अनुभवी र ज्येष्ठ अधिवक्ताले पनि वरिष्ठ उपाधि पाउन सकेका थिएनन । वरिष्ठ उपाधि पाउनेमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल पनि हुनुहुन्छ ।
यस्तै अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललगायत पनि बरिष्ठ अधिबक्ताको उपाधि पाउनु भएको छ ।
त्यस्तै भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामकिशोर महतो, जनकबहादुर बोहरा, मीराकुमारी ढुंगाना, माधवराज बास्तोला, विष्णुप्रसाद शर्मा, ज्ञानेन्द्रप्रसाद पोखरेललगायतले पनि बरिष्ठको उपाधी पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्