काठमाडौं, असार ३० । सत्तारुढ नेकपा माओवादी केन्द्रकी सांसदले पनि प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नागरिकता बिद्येयक संबिधान बिरोधी भएको ठोकुवा गरेका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा बिद्येयकमाथिको छलफलमा भाग लिँदै माओवादी नेतृ यशोदा सुवेदी गुरुङले नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिनुभएको हो । प्रतिनिधि सभामा २०७५ साउन २२ गतेदेखि बिचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।
उक्त नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सुवेदीले प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयक भन्नुभयो । नेतृ सुवेदीका अनुसार पूर्ववर्ती सरकारले ल्याएको नागरिकता विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले दफावार छलफल गरेर सरल बनाएको थियो । तर बर्तमान सरकारले ती सवै कुरा मेटाउने काम गरेको छ ।
‘आमाका नामबाट नागरिकता दिन सरल विधि तय गरिएको थियो । वंशीय आधार लैंगिक पहिचानका आधारमा नागरिकता दिन सकिने व्यवस्था गरिएको थियो । परिवारले पहिचान गर्न अस्वीर गरेमा छानबिन गरेर सिडिओले नागरिकता दिन सक्ने व्यवस्था गरिएको थियो,’ सुवेदीले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘संविधानमा वैवाहिक अंगीकृत नागरिकता संघीय कानुन बमोजिम भनिएको थियो । ती कुरा यहाँ (प्रस्तुत विधेयक) मा छैन । राज्य व्यवस्था समितिमा मिलेका विषय नल्याउँदा संविधान विरोधी देखिन्छ ।’













प्रतिक्रिया दिनुहोस्