काठमाडौं, असार ३० । तात्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममै करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको बिषयमा छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले समितिमा रहने सदस्यको नाम हेरफेर गरेको हो । समितिमा रहनुभएकी पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो । जसलाई आज बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।
यही असार २२ गते गठित समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्