जनता टाइम्स

३० असार २०७९, बिहीबार २२:१२

जसपाले बाबुराम भट्टराईसहित ९ जनालाई पदमुक्त गर्‍यो


पर्सा , असार ३० । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेतालाई पदमुक्त गरेको छ । वीरगञ्जमा बसेको बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नौ जना नेतालाई पदमुक्त गरेको हो ।

बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शोव, दानबहादुर चौधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेको हो । यस्तै बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।