जनता टाइम्स

३ श्रावण २०७९, मंगलवार १५:१३

बाबुरामलाई भेटेर प्रचण्डले सुनाए भारतको सन्देश


काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. तथा जसपाका नेता बाबुराम भट्टराईसँग भेटबार्ता गर्नुभएको छ ।

मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटवार्तामा प्रचण्डको भारत भ्रमणको सन्देश सुनाउनु भएको छ । यसैगरी समाजवादी केन्द्रको गठन, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको थियो । स्रोतका अनुसार प्रचण्डले भारत बर्तमान गठबन्धन कायमै राख्ने पक्षमा दृढ रहेको सन्देश बाबुरामलाई दिनुभएको छ । सोही आधारमा भेटपछि प्रचण्डले बाबुराम जसपाबाट अलग भए पनि गठबन्धनमै रहेको प्रतिक्रिया दिनुभएको हो ।

पार्टी फुटाउने प्रयास गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले डा. भट्टराईलाई कारबाही गरेको छ। भट्टराई हाल पार्टी पुनर्गठनको तयारी जुटनु भएको छ ।