जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार १४:२१

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ हुँदै


नयाँ दिल्ली, ५ साउन । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुनुहुने भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदै हुनुहुन्छ ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक–पटक इडीमा उपस्थित हुनुभएको थियो । उहाँलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा सोनिया बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो । कोभिडको विरामी भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

निर्देशनालयमा उहाँको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।