काठमाडौं, साउन ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको केन्द्रीय समिति निर्णयबाटआफूहरू झस्कीएको बताउनुभएको छ । नेपालले कांग्रेसले आफूहरूको अपमान गरेको पनि बताउनुभयो । कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्तागठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।
‘खासगरी नेपाली कांग्रेसको बैठकबाट जुन किसिमको मूल्यांकन आयो यसले हामीलाई अलि शशंकित बनायो,’ इमेज टिभीका पत्रकारजगदीश खरेललाई बिहीबार दिएको अन्तर्वार्तामा नेपालले भन्नुभयो, ‘उहाँहरूले आफूलाई ६०/७० प्रतिशत सिट चाहिने अनिअरूले एक सिट जित्लान्, ८ सिट जित्लान् भन्ने खालको स्टमेट आइसकेपछि हामीलाई साह्रै नै अवमूल्यन गरियो कि भन्ने लागेको छ।’
गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमागुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ।
साथै तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुककोभावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ,’ साउन २ मा सकिएकोकांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको थियो। कांग्रेसको यही निर्णयले आफूहरू झस्केको अध्यक्ष नेपाल बताउँछन्।
कांग्रेसले अरू दलको पनि अस्तित्व र आधार स्वीकार गरेर जालाभन्ने आशा राखे पनि केन्द्रीय समितिको निर्णयले त्यस्तो आशा राख्ने ठाउँ नदेखिएको नेपालले बताउनु भयो । कांग्रेसले जतिसुकै दाबा गरे पनि यति धेरै सिट एक्लै जित्न नसक्ने अध्यक्ष नेपालले ठोकुवा गर्नुभयो। ‘चुनावमा कांग्रेसका कुन–कुन नेतासुरक्षित छन् भन्न सकिँदैन,’ नेपालले भन्नुभयो ।उहाँले तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यबीच छलफल पनि अघि बढेको प्रसंग पनि कांग्रेसको निर्णयसंग जोडनु भयो ।
‘समाजवादी केन्द्र बन्ने कुरा ५ जनाको बैठकले तय गर्न सक्दैन। तर पार्टी निर्माण गर्न सक्छ। नेकपाका पाँच जना सचिवालय सदस्यलेअग्रसरता लिने कि, नेकपालाई ब्युँझाउने वा नयाँ शीराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कि भन्ने छलफल भइरहेको छ,’ नेपालले भन्नुभयो, ‘चुनावमा मोर्चा बनाएर जान सकिन्छ कि, पार्टीलाई एकीकृत बनाएर लैजान सकिन्छ कि, एकताको कुन स्वरूप वाढाँचा अबलम्बन जाँदा उपयुक्त हुन्छ भन्नेबारे हाम्रोबीचमा छलफल सुरू भएको छ ।’













प्रतिक्रिया दिनुहोस्