जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार ०८:५७

राष्ट्रपति भण्डारीद्धारा भारतको नयाँ राष्ट्रपतिलाई बधाई


काठमाडौं, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।