काठमाडौं, साउन ९ । राष्ट्रिय समावेशी आयोगले खसआर्य समूहका ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी, बाह्रपन्थी र रानाभाट÷भाटको गोत्रसहित थर सूचीकरण गरेको छ । आयोगले आफ्नो प्रतिवेदनमा यस्तो सूचीकृत गरेको हो ।
सूचीकृतमध्ये ब्राह्मणको ४ सय ५६, क्षत्रीको ६ सय २०, ठकुरीको ७३, दशनामीको १०, बाह्रपन्थीको २०, रानाभाटको ५५ थरी रहेका छन । आयोगले खसआर्यभित्र रहेका र मधेसी आयोगले मधेसी जातिमा दाबी गरेको ९४ थरलाई समेत प्रतिवेदनमा समावेश गरेको जनाएको छ ।

आयोगले स्थलगत अध्ययन, स्थानीय तहले गरेका सिफारिस र जातीय समाज/संगठनले उपलब्ध गराएको थर सूचीकृत गरिएको जनाएको छ । राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकअनुसार क्षत्री जातिको जनसंख्या सबैभन्दा बढी ४३ लाख ९८ हजार छ ।
दोस्रोमा पहाडे ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार छ । यसैगरी ठकुरीको जनसंख्या ४ लाख २५ हजार र सन्यासी/दशनामीको २ लाख २७ हजार रहेको छ ।













प्रतिक्रिया दिनुहोस्