मोरङ, साउन १० । अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै युवतीलाई पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले कराँतेका प्रशिक्षकसहित दुई जनालाई पक्राउ गरेको छ । विराट हेथ कलेजमा नर्सिङ पढिरहेकी १९ वर्षीया युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा विराटनगरबाट दुई जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा विराटनगर ३ निवासी ५० वर्षीय विनोद राउत र उनका साथी सुरज सुवेदी रहेका छन्। दुबै जनालाई प्रहरीले विराटनगरबाट दुई दिनअघि पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बताउनु भयो।
बलात्कार अभियोगमा पक्राउ परेका राउत कराँते प्रशिक्षक हुन्। राउतले आफ्ना साथी सुरजको साथ लिएर ती युवतीलाई विराटनगरकै एक होटलमा लगेका थिए। होटलमा लगेपछि उनीहरूले भिडिओ बनाएका थिए। त्यही भिडिओ सार्वजनिक गरिदिने डर देखाएर युवतीलाई पटक पटक बलात्कार गरेको आरोप उनीहरूमाथि छ।
डिएसपी श्रेष्ठका अनुसार युवतीले आइतबार जाहेरी दिएपछि जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर दुबैलाई अनुसन्धान थालिएको छ। ‘होटलमा लगेर पटक पटक बलात्कार गरेको जाहेरी आएको प्रहरीले जनाएको छ । प्रहरीले जाहेरीलगत्तै मुद्दा दर्ता गरी जबरजस्ती करणमा अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि अनुसन्धान अघि बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्