जनता टाइम्स

११ श्रावण २०७९, बुधबार १८:४५

डेढ करोड खर्चेर र्यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउँदै काठमाडौं महानगर


काठमाडौं, साउन ११ । काठमाडौं महानगरपालिकाले डेढ करोड खर्चेर र्यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ । र्यापर यमबुद्धको नाममा काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले डेढ करोड बजेट विनियोजन गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा यमबुद्धको नाममा पार्क निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ । मानन्धरले नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको बताउनु भयो ।

प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यसअघि महानगरले यमबुद्धको नाममा शालिक निर्माण गर्न १५ लाख बजेट बिनियोजन गरेको सूचना सार्वजनिक भएको थियो । जस्को चर्काे आलोचना भएको थियो ।

बिरोधपछि मेयर बालेन्द्र साह (बालेन) आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गर्नुभएको थियो । यमबुद्ध मेयर बालेनका समेत गुरु हुनुहुन्थ्यो । नेपालका चर्चित र्यापर यमबुद्धले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गर्नुभएको थियो ।