कास्की, साउन १३ । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ। पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका हुन ।
इन्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको छ । उक्त जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो।
बिमानस्थलका अनुसार आज बिहान ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो । उक्त जहाजमा ४५ जना यात्रु थिए।













प्रतिक्रिया दिनुहोस्