बुटवल, साउन १४। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्बाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्राकामलाई जनस्तरमा पुर्याउने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले लुम्विनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशालालाई सम्वोधन गर्दै पौडेललेभन्नुभयो, ‘बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी ब्यवस्थापन गर्ने काममा पार्टीका हरेका कार्यकर्ता तत्काल सक्रियहुनुपर्ने अवस्था आएको छ । सरकारमा रहँदा एमालेले मुलकको बिकासमा दुरगामी प्रभाव पार्ने काम गरेको थियो यो बिषय जनता सम्मपुर्याउने काम कार्यकर्ताको हो त्यसैलै पार्टी कार्यकर्ताले ब्यवस्थित ढंगले जनतामा लैजाने काममा लाग्नुस ।’
उपाध्यक्ष पौडेलले गएको स्थानीय चुनाबमा नेकपा एमालेसँग कुनै पार्टी नभई गठवन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचपार्टीले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य पनि राख्नुभयो ।
‘एमालेले गएको स्थानीय निर्वाचनमा सत्तागठबन्धन संग प्रतिस्पर्धा गरेर लोकप्रिय मत ल्याएको छ, आगामी निर्बाचनमा समेत त्यो भन्दाबढी मत ल्याएर जित्ने गरी कार्यक्षेत्रको सुझाब, जित्न सक्ने संभावना र जितिसकेपछि पनि अनुचित काम नगर्नेलाई पार्टीले प्रथमिकतादिई टिकट वितरण गर्ने नीति रहेको छ,’ पौडेलले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले नेकपा एमाले विचार निर्माणका हिसावले, सँगठन निर्माण र परिचालनका हिसावले संसारका कुनै पनि पार्टीभन्दाब्यवस्थित र सुदृढ रहेको विश्वास ब्यक्त गर्दै केही समय यता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेकोमा भने चिन्ता ब्यक्तगर्नुभयो ।
‘एमालेको सार्बभौमसत्ता एमालेका सदस्यमा निहित रहेकोले सिद्दान्त,नीति र कार्यक्रम कार्यकर्ताले चाहे अनुसार नै हुने तर, सिद्दान्तकोबर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन,’ उहाँले भन्नुभयो ।
नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा लुम्वनी प्रदेशका ईन्चार्ज छविलाल बिश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट शुरूगर्नुपर्नेआबश्यकता रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्