काठमाडौं, साउन १५ । काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेका छन्। बचतकर्ताको रकम फिर्ता नगरी फरार रहेको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् ।
आइतबार विभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् । सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएता पनि सबै फरार रहेको र बचतकर्ताहरुको रकम फिर्ता नगरेको पीडितहको भनाइ छ ।
बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडितहरुको भनाई छ । सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।
सहभागीले विभागले विभागको चल अचल सम्पती रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्