काठमाडौं, १६ साउन । तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल विभत्स रहेको उहाँले बताउनुभयो । ‘सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भन्नुभयो, ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए : हत्या पछि आत्महत्याको आशंका













प्रतिक्रिया दिनुहोस्