काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले दर्शक तथा साथी खेलाडीलाई आश्चार्यमा पार्दै मैदानै प्रेम प्रस्ताव राख्दै औठी लगाइदिनु भएको छ । उहाँले ती युवतीलाई एक्कासी मैदानमै बोलाएर प्रेम प्रस्ताव राख्दै साथीँसँग औठी मागेर लगाइ दिनु भएको होे ।
माल्दिभ्सको शीर्ष डिभिजन धिवेही प्रिमियर लिगको उपाधि जितेपछि सेलिब्रेसन गर्ने क्रममा किरणले प्रेमिका कञ्चन निरौलालाई मैदानमै लगेर औँठीसहित प्रेम प्रस्ताव गर्नु भएको दृश्य अहिले भाइरल भइरहेको छ ।
औंठी लगाई दिएको भिडियो राख्दै उहाँले लेख्नु भएको छ ‘मैले तिमीलाई रोजेको छु । र, बारम्बार रोजिरहनेछु । बिनाविराम, मुटुको धड्कनमा शंका नगरी तिमीलाई रोजिरहनेछु । मेरो जीवनमा आएर मेरो उतार–चढावमा साथ दिएकोमा धन्यवाद भन्न चाहन्छु । कठिन र अप्ठ्यारो परिस्थितिमा पनि तिमीले मलाई पागलजस्तो हँसाउन सक्छौ । इमानदारपूर्वकभन्दा मलाई खुसी बनाएकी छौ ।अद्भुत र अविस्मरणीय समय हो । म यो दिन मेरो अन्तिम साससम्म बिर्सने छैन ।’
एयर होस्टेज कञ्चनसँग किरणको करिव डेढ वर्षदेखि अफेयर चलेको बताइएको छ । तर, यस बारे उहाँले कसैलाई जानकारी दिनु भएको थिएन । उपाधि जितेको सेलिब्रेशनमा साथी खेलाडी रमाइरहँदा उहाँले युवतीलाई मैदानमा बोलाएपछि सबै आश्चार्यमा परेका थिए । पछि कञ्चनले उहाँको प्रेम प्रस्ताव सहर्ष स्वीकार गरेपछि भने दर्शक र खेलाडीले ताली र हुटिङले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्