जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार ११:२६

बिमानभित्र एकदमै धुवाँ निस्किरहेको थियो, यात्रुसँगै एअर होस्टेज एकदमै आत्तिरहेका थिए (भिडियोसहित)


बाँके, साउन १९ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको बिमानमा १५ मिनेट नकै तनावपूर्ण अवस्थाको सामना गर्नुपरेको यात्रुहरुले बताएका छन ।

बिमानबाट हतार हतार भागेलगत्तै एक यात्रुले भिडियोमार्फत घटनाको बयान बाहिर ल्याउनु भएको हो । यात्रु महेश जैशीका अनुसार बिमान निकै असहज रुपमा उडिरहेको थियो । एकदमै शंकास्पद तरिकाले उडिरहेको थियो । हेर्दाहेर्दै एकैछिनमा पुरै धुवाँ निस्कियो ।

‘बिमानबाट पुरै धुवा निस्किएपछि हामीले ज्यानको आस मारिसकेका थियौं । जहाजबाट एकदमै धुवाँ निस्किरहेको थियो, त्यो देखेर हामी निकै प्यासेञ्जरहरु निकै आत्तिनु भएको थियो,’ जैशीले भन्नुभयो ।

नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन.एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्काालीन अवतरण गरिएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो। उहाँका अनुसार १५ मिनेट जति आकासमा रहेर हामी फेरि नेपालगञ्ज बिमानस्थलमै अवतरण गरेका छौं । ‘सुरुवाती चरणदेखि नै जहाज एकदमै असहज रुपमा उडिरहेको थियो । त्यस्ले हामीलाई निकै तनावमा बनायो,’ जैशीले भन्नुभयो ।