काठमाडौं, २४ साउन । स्थानीयले चर्को आलोचना गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक्सनमा उत्रिनुभएको छ । त्यसको पहिलो निशाना डलर अर्बपति विनोद चौधरी पर्नुभएको छ । चौधरी र बसन्त चौधरीको लगानी रहेको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन शाहले निर्देशन दिनुभएको हो ।
स्थानीयको विरोध पछि बालेनले यस्तो निर्देशन दिनुभएको हो । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिनुभएको हो ।
काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्