काठमाडौं, साउन २५ । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री भीम रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने प्रस्ताव राख्नुभएको छ ।
कलाकार नवल खड्काले निर्माण गर्नुभएको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताउनु भयो ।
‘सिमानामा काँडेतार लगाउने भनेपछि केबल फलामे तार लगाउनेजस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति हो । धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण हामीमाझ छ’, रावलले भन्नुभयो ।

नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा रावलको जोड थियो । रावलले भन्नुभयो, ‘नेपालले भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ ।’ उहाँले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र जानाजान सत्तारुढ दलहरुबाट भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्