जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १९:०९

माधवको कुरा सुनेर जव कार्यकर्ताले खित्का छोडे


काठमाडौं, साउन २६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफ्नै बोली पासो बनेको छ । ब्यक्तिवाद हावी भएपछि मान्छे पदका लागि जस्तोसुकै कुकर्म गर्छ भन्दै केन्द्रीय कार्यालयमा नेता–कार्यकर्तालाई प्रशिक्षण दिइरहँदा कार्यकर्ताहरु खित्का छाडेर हास्दै ‘अपमान’ गरेका हुन ।

कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो दलभित्रै पद र पैसाका लागि जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्नेहरु ब्याप्त देखिएको स्वीकार गर्नुभएको छ । सबै दलभित्र व्यक्तिवाद महारोगको रूपमा रहेको बताउँदै नेपालले नेकपा एसमा पनि यो महारोग निकै फैलिएको बताउनु भयो ।

‘हाम्रो पार्टीमा पनि पद र पैसाका निम्ति व्यक्तिवादी महारोग सरिसकेको छ,’ पार्टी केन्द्रीय कार्यालयमा स्कुल विभागले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो । उहाँले ब्यक्तिवादको महारोगले पार्टी नै सकाउने चिन्ता पनि जनाउनु भयो । ‘व्यक्तिवादको महारोग हाम्रो पार्टीमा, नेपाली समाजमा, नेपालको कम्युनिस्ट आन्दोलनमा र समग्र नेपालको राजनीतिमा व्याप्त छ,’ नेपालको भनाई थियो ।

उहाँले व्यक्तिवादमा फसेको व्यक्तिले पद र पैसाका निम्ति गुटबन्दी गर्ने, स्वार्थको परिपूर्तिका निम्ति बार्गेनिङ सुरु गर्ने भन्दै यसबाट छुटकारा पाएर भिन्दै मान्छे बनाउन जरुरी रहेको बताउनु भयो । ‘मबाट सुरु हुने व्यक्तिवाद व्याप्त छ । यसले पाउनका लागि जस्तोसुकै कुकर्म गर्न थाल्दछ, सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्दछ । सबै तहका समस्याका खोजी गर्नुपर्दछ,’ नेपालले भन्नुभयो ।

नेपालको यो भनाई सुेपछि सहभागी सवै खित्का छाडेर हासेका थिए । माधव आफैले पदका निम्ति नेकपा एमाले बिभाजन गरेको तथ्यबारे जानकार भएकै कारण सहभागीहरु खिच्का छाडन बाध्य भएको सहभागी एक सदस्यले बताए ।