काठमाडौँ, २६ साउन । चीन भ्रमण पूरा गरेर परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का स्वदेश फर्कनुभएको छ । तीन दिने भ्रमण पूरा गरी स्वदेश फर्किनुभएका खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरामा चिनियाँ पक्षलाई ढुक्क बनाएको बताउनुभयो ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको उहाँको भनाइ छ ।भ्रमणका क्रममा भेटवार्तामा चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउर्ने, भौतिक पूर्वाधार, विपद व्यवस्थापन र स्वास्थ्य सामग्रीलगायतका विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्नेलगायतका विषयमा सहमति भएको छ ।
यस्तै भेटवार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवर्द्धन गर्ने सहमति भएको बेइजिङमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार चीन र नेपालबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएका छन् ।













प्रतिक्रिया दिनुहोस्