काठमाडौं, ३० साउन । विज्ञप्ति नै निकालेर बञ्चरेडाडामा फोहर फाल्न निदने घोषणा गरेका सत्तापक्षिय स्थानीय राजनीतिककाविरुद्ध स्थानीय पीडित नै सडकमा उत्रिएका छन् । पीडितका नाममा राजनीतिक दलले केन्द्र निर्देशित राजनीति गरेको स्थानीय पीडितको आरोप छ ।
राजनीतिक दलको फोहोर फाल्न नदिने निर्णयका विरुद्ध स्यबढी स्थानीय सडकमा ओर्लिएपछि स्थानीय राजनीतिक दलका नेता उनीहरूसंग वार्ता गर्न तम्सिएका छन् । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् ।
हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।













प्रतिक्रिया दिनुहोस्