एजेन्सी, ३० साउन । भरत बिहारको किशनगञ्ज सहरको खगरा रेड लाइट एरिया त्यो कुख्यात सडक हो जहाँ हरेक दिन युवती र महिलाको वार्गेनिङ हुने गरेको छ । वर्षौंदेखि चलिरहेको वेश्यावृत्तिको दलदलमा कैयौं बालिकाको जीवन बर्बाद भएको छ । वेश्यावृत्तिको दलदलमा फसाउन खरिद गरेर वा वा प्रेम सम्बन्धमा फसाएर यहाँ ल्याएर युवतीलाई धकेलिन्छ ।
यो व्यवसाय चलाएर निर्दोष केटीहरुको जीवनलाई नरकमा परिणत गर्ने धेरै मानिसहरु छन् । खागरा रेडलाइट क्षेत्रमा बिहार, युपी लगायत बंगाल, नेपाल, असमका युवतीलाई सञ्चालकलाई बेच्ने गरिन्छ जहाँ उनीहरूलाई जबर्जस्ती देहव्यापारमा लगाइन्छद ।
शनिबार साँझ अन्य ठाउँबाट युवती ल्याएको सूचनामा एसपीको निर्देशनमा गठित विशेष टोलीले रेडलाइट क्षेत्रमा छापा मारेको थियो । छापा मार्दा एक महिलासहित दुई पुरुष ग्राहकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै ग्राहकलाई कारागार पठाइएको र महिलासँग सोधपुछपछि पुनःस्थापना केन्द्रमा राख्ने प्रक्रिया अघि बढाइएको छ ।
सहरको खागरास्थित रेड लाइट क्षेत्रमा साँझ परेसँगै बेहुलजिस्तै सजाइन्छ । यस सडकमा आउने ग्राहकलाई लोभ्याउन सडकको छेउमा नयाँ–नयाँ केटीहरू उभ्याइन्छन् । जहाँ पाँच सयदेखि हजार रुपैयाँसम्म युवतीको बोली लाग्छ । यहाँ नेपाल, भुटान, पश्चिम बङ्गाललगायत अन्य राज्यबाट युवती ल्याएर व्यापार गरिन्छ ।
अहिलेसम्म रेड लाइट क्षेत्रमा दर्जनौं पटक प्रहरी छापा मारिएको छ । कयौं पटक अन्य ठाउँबाट ल्याइएका युवतीहरु पनि बरामद भएका छन् र व्यवसायीलाई पनि पक्राउ गरी जेल पठाइएको छ । प्रहरीको कारबाहीपछि केही दिन व्यवसाय बन्द भएर युवतीहरूलाई अन्यत्र सारिएको हुन्छ । त्यसपछि केही दिनपछि बिस्तारै व्यापार फस्टाउन थाल्छ ।
रेड लाइट क्षेत्रको वरिपरि आवासीय छिमेक छ र यस क्षेत्रको बीचबाट मुख्य सडक पनि जान्छ । यस सडकहुँदै बिहान बेलुका धेरै वस्तीका युवतीहरु अध्ययनका लागि आउने गर्ने गरेका स्थानीयवासी बताउँछन् । तर, पढ्दै गरेका केटीहरूले यी कुख्यात सडकका दृश्य देखेर लाज मान्ने गर्छन् । यो व्यवसाय बन्द गर्न स्थानीयले पटक पटक प्रशासनलाई आग्रह समेत गरेका छन् ।
सन् २०२१ मा प्रहरीको छापामारीपछि यहाँ केही महिनादेखि वेश्यावृत्तिको कारोबार बन्द भएको थियो । यसबाट स्थानीयवासी खुसी भएका थिए । छापा मारिएपछि केही महिनासम्म यो कुख्यात गल्लीमा वेश्यावृत्तिको व्यापार बन्द रह्यो ।
यस क्रममा वेश्यावृत्तिमा आबद्ध महिलाहरूले पञ्जीपारा, इस्लामपुर, गुलाबबाग र आसपासका रेडलाइट क्षेत्रमा लुक्ने ठाउँ बनाएका थिए तर सक्रिय सञ्चालकको सहयोगमा फेरि खग्रा रेडलाइट क्षेत्र पुरानो अस्तित्वमा फर्किएको थियो । फेरि व्यापार बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्