“हजुरको पार्टीलाई २-४ सीट र प्रचण्डको पार्टीलाई १५-२० सीट दिने रे । त्यस्तै कुरा गरिसिन्थ्यो।“
“यो त हुदैभएन । आरजु म्याडम हुनुहुन्न ?”
“आरजु म्याडम त राखी बाँध्न दिल्ली गइस्या छ, होइसिन्न।“
नेपालजी प्रधानमन्त्री क्वार्टर बालुवाटारबाट हस्याङ्फस्याङ्ग गर्दै बाहिर निस्के । गाडी चड्दै गर्दा पिएलाई भनेको प्रष्टै सुनिन्थ्यो-‘प्रचण्डलाई फोन लगाइ हाल ।साह्रै पमा..न भो।“
निर्मलभट्टराई
“वर्तमानपरिप्रेक्षमानेकपा(एमाले)जस्तोक्रान्तिकारीपार्टीयोदुनियाँमाछैन । कमरेड मनमोहन अधिकारीले नेतृत्व गरेको प्रथम कम्युनिष्ट सरकारमा म उप-प्रधानमन्त्री भएको बेलामा नेकपा (एमाले) ले सुरू गरेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने क्रार्यक्रमले नेकपा (एमाले)लाई जनतामा अत्यधिक लोकपृय बनाएकोत पाईंहरूलाई विदितै छ।
जननेता मदन भण्डारीको अगुवाइमा पार्टीले अघि सारेको सिध्दान्त जनताको बहुदलीय जनवादलाई नेपाली जनताले हृदयदेखि नै स्वीकारेको अवस्थामा यो नेपाली धर्तीमा नेकपा (एमाले) लाई हराउन कुनै तागतले पनि सक्दैन।“
आमसभामा हजारौं ताली बज्छन् ।
“मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो पार्टीको सिध्दान्त हो । हामी यो देशलाई आमूल परिवर्तन गर्न चाहन्छौं । राष्ट्र र पार्टीको स्वार्थको अगाडि मेरो कुनै स्वार्थ छैन । पार्टीको महासचिवको नाताले म भन्छु-तपाईंहरूपनिपदपद र प्रतिष्ठाकोपछि नलाग्नुस् । हामी सिध्दान्तवादी हुनुपर्छ । पद, प्रतिष्ठा र पैसाको पछि लाग्नुहुन्न ।देशको प्रमुख कम्युनिष्ट शक्ति नेकपा (एमाले) जति-जति मजबुत हुन्छ, त्यतिनै यो देशको भाग्य र भविश्य सुनिश्चित हुन्छ।“
आमसभाको सबै कुनाबाट सिट्ठी र तालीको फोहरा छुट्छ ।
“यो देशको क्रान्तिको मुख्य वाधक शक्तिको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । वर्तमान परिप्रेक्षमा यो शक्तिलाई परास्त नगरी न नेपालमा सामाजिक रूपान्तरण संभव छ, न समाजवादको आघार तयार नै तयार हुन्छ । देशका सबै देशभक्त, वामपन्थी शक्ति मिलेर नेपाली कांग्रेसलाई हराउनुपर्छ ।किनभने नेपाली कांग्रेस विश्वास गर्न लायक शक्ति होइन । ०४६सालमा पञ्चायतकाविरूध्द संयुक्त रूपमा लडियो । तर जब पञ्चायत फालियो, नेपाली कांग्रेस कम्युनिष्टको विरूध्दमा खुलेर लागिहाल्यो । ‘माले , मसाले र मण्डले एकै हुन्’ पो भन्न थाल्यो । गिरिजा प्रधानमन्त्री र देउवा गृहमन्त्री भएको बेला नेपाली जनताका पृय नेता मदन भण्डारीको रहस्यमय तरिकाले हत्या गरियो । टनकपुरलगायतका राष्ट्रघाती सन्धी सम्झौता नेपाली कांग्रेसकै सरकार भएको बेला गरिए ।
नेपाली कांग्रेसले लोकतन्त्रकोर क्षा र राष्ट्रियताको सम्वर्धन गर्छ भन्ने यहाँ कसैलाईभ्रम छ भने आजैबाट त्यो भ्रम त्यागिदिए हुन्छ।“ सभा पुन: तालीले गुञ्जायमान भयो ।
“तपाईं सबैलाई थाहा छ, चुनावको मिति घोषणा भइसकेको छ । देशका कम्युनिष्ट शक्तिको विरूध्द यहाँका दक्षिणपन्थी शक्ति सल्बलाउन थालेका छन् । वर्तमान परिप्रेक्षमा देशका सम्पूर्ण वामपन्थी, जनवादी र लोकतान्त्रिक शक्ति मिलेर यहाँका प्रतिक्रियावादी शक्तिलाई परास्त गर्नुको विकल्प छैन । पार्टीबाट विभिन्न कारणले अलग-थलग बसेका, निस्कृय बसेका र असंगठित भएर बसेका सबै कमरेडहरूलाई घर फर्काएर सकृय बनाउनु पर्छ । सबै नेपाली न्यायप्रेमी मतदातालाई दायाँबायाँ नगरी एमालेको चुनाव-चिन्ह ‘सूर्य’माड्याम ड्याम……….”
“हजुर त सोफामै निधाउनु भएछ । ‘सूर्यमा ड्यामड्याम’ भन्दै हुनुहुन्थ्यो।“ देउवाका सहयोगीले भने । “अँअँ, भाषण गरेको सपना देखेंछु । अनिख्वै त देउवाजी ?”
“आज फुर्सद छैनरे । गठबन्धनमा सामेल कम्युनिष्टलाई कसरी साइजमा राख्न सकिन्छ र थोरै सीटमा टार्न सकिन्छ बन्ने गोप्य मिटिङ् छ रे। आज हजुरसंग भेट हुन्नरे ।
“थोरै सीट रे? कसरी हुन्छ ? हाम्रो अपमान हुदैन ?”
“हजुरको पार्टीलाई २-४ सीट र प्रचण्डको पार्टीलाई १५-२० सीट दिने रे । त्यस्तै कुरा गरिसिन्थ्यो।“
“यो त हुदैभएन । आरजु म्याडम हुनुहुन्न ?”
“आरजु म्याडम त राखी बाँध्न दिल्ली गइस्या छ, होइसिन्न।“
नेपालजी प्रधानमन्त्री क्वार्टर बालुवाटारबाट हस्याङ्फस्याङ्ग गर्दै बाहिर निस्के । गाडी चड्दै गर्दा पिएलाई भनेको प्रष्टै सुनिन्थ्यो-‘प्रचण्डलाई फोन लगाइ हाल ।साह्रै पमा..न भो।“













प्रतिक्रिया दिनुहोस्